आवेगको भरमा मत दिने छुट चितवनलाई छैन–विश्वप्रकाश शर्मा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ चैत्र २०७९, मंगलवार ०५:३७

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चितवनलाई आवेगको भरमा मतदान गर्ने छुट नभएको बताएका छन् । आज (सोमबार) चितवन– २ मा पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस पटकको निर्वाचनमा चितवनका जनताले आत्मसमीक्षा गरेर विवेक प्रयोग नगरेको खण्डमा देशका लागि दुर्भाग्य हुने बताएका हुन् ।
‘आवेगको भरमा मत दिने छुट चितवनलाई अब छैन । चितवनले पनि विवेक प्रयोग गर्दैन र गम्भीर समीक्षा गर्दैन भने यो देशको लागि दुर्भाग्य हुन्छ,’– उनले भने ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनतालाई धोका दिएको उनको भनाई छ । नो नट अगेनको नारा लिएर गत मंसिर ४ को निर्वाचन जितेका लामिछाने उनै प्रचण्डको क्याविनेटको मन्त्री बनेको उनको आरोप छ । रविले अहिलेको उपनिर्वाचनमा नो नट अगेनको नारा ल्याउन नसक्ने उनले बताए । ‘तपाई अझैं नो नट अगेन भन्न सक्नुहुन्छ ?’ भनी प्रश्नसमेत गरे ।

‘मैले मंसिर ४ को चुनाव जित्नका लागि नो नट अगेन भनेको थिए । अहिले यो भन्न सक्नुहुन्छ । अहिले देशको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्छ । म मन्त्रिपरिषदमा जानेछैन, किनभने मैले प्रचण्ड प्रधानमन्त्री बन्न हुन्न भनेको थिए । भनेर आज भन्न सक्नु्हुन्छ ?’– उनले प्रश्न गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१