मिटरब्याजी समस्या समधान गर्न छानबिन समिति गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ चैत्र २०७९, मंगलवार ०५:३४

काठमाडौँ। सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्क्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन । उनका अनुसार समितिको सदस्यहरूमा पूर्व एआइजी उत्तम राज सुवेदी र गणेश बाबु अर्याल रहेका छन् ।

समितिलाई तीन महिनाको अवधि दिईएको र ठोस तथा मूर्त रूपमा मिटरब्याजीको समस्या समाधानका लागि तत्काल एक्सनमा जाने गरी प्रतिवेदन पेश गर्न भनिएको शर्माले बताइन् । समितिको मुख्यालय जनकपुरमा राख्ने निर्णय गरिएको उनले बताइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१