यो देशलाई स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने छुट छैन– रवि लामिछाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०७९, आईतवार ०६:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो देशलाई स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने छ्ुट नभएको बताएका छन् । आज (शनिबार) रास्वपा पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै लामिछानेले आगामी उपनिर्वाचनमा स्वर्णिम र रमेशलाई हराउने कल्पना यो देशले गर्न नसक्ने बताएका हुन् ।

‘यस उपनिर्वाचनमा तपाईँहरुलाई यो मुलुकका लागि पनि हार्ने छुट छैन । मलाई लाग्छ स्वर्णिम वाग्लेलाई हराउने परिकल्पना यो देशले गर्न सक्दैन । रमेश खरेललाई हराउने परिकल्पना यो देशले गर्न सक्दैन, गर्न हुँदैन,’– उनले भने ।

साथै, स्वर्णिम र रमेश कुनै राजनीतिक स्वार्थले रास्वपामा नआएको उनको दाबी छ । उनीहरुलाई राजनीतिबाट कमाउने रोटी सेक्ने कुनै आशा नरहेको लामिछानेले बताए । स्वर्णिम र रमेशले यो समाजलाई दिएको योगदानका कारण पनि कमाउन पर्ने चिज सबै पाइसकेको लामिछानेले बताए ।

‘राजनीतिक स्वार्थ र रोटी सेक्नका लागि उहाँहरु आउनु भएको होइन । केही कमाउनका लागि आउनु भएको होइन । किन की यी दुई व्यक्तित्वले समाजमा दिएको योगदानले उहाँहरुले कमाउन पर्ने चिज सबै कमाइसक्नु भएको छ,’– लामिछानेले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१