मिटरब्याजी पीडितको आन्दोलन फिर्ता, जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धतासहित पाँच बुँदे सहमति (पत्रसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०७९, आईतवार ०६:५३

काठमाडौं। आन्दोलनरत मिटरब्याजी पीडितहरुले आन्दोलन फिर्ता गर्ने भएका छन्।

शनिबार गृहमन्त्रालयमा भएको सहमति पश्चात मिटरब्याजी पीडितहरुले आन्दोलन फिर्ता गर्ने सहमति गरेका हुन्।

गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थितिमा सरकारी वार्ता टोली र संघर्ष समितिबीच लिखित सहमति भएको छ।

सहमतिमा अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने सहमति भएको गृहमन्त्रालयले जनाएको छ।

प्रतिक्रिया