आज मन्त्रिपरिषद् विस्तार दिउँसो ३ बजे सपथग्रहण हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ चैत्र २०७९, शुक्रबार ०५:०६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारी गरेका छन् ।  सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग छलफलमा बसेका प्रधानमन्त्री दाहालले  दिउँसो १ बजेसम्म मन्त्रिपरिषद् विस्तार गरिसक्ने भएका छन् ।

प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार आज नियुक्त हुने मन्त्रीहरुको सपथ दिउँसो ३ बजेको लागि तय गरिएको छ। कांग्रेसबाट ८ जना मन्त्री हुँदैछन् ।

त्यस्तै, माओवादी केन्द्रबाट पाँच जना, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) बाट दुई दुई जना, नेपाल समाजवादी पार्टीबाट एक, आम जनता पार्टीबाट एक, नागरिक उन्मुक्ति पार्टीबाट एक, लोकतान्त्रिक समाजवादी पार्टीबाट एक र जनमत पार्टीबाट एक जना मन्त्री हुने बताईएको छ । मन्त्रालयपनि कुन दलले कुन पाउने भन्ने विषय टुँगिएको बताईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१