कांग्रेसले टुङ्गयायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को मन्त्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ चैत्र २०७९, शुक्रबार ०४:५९

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ। कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना सांसद्‍लाई मन्त्रालयमा पठाउने भएको छ।

कांग्रेसबाट उपसभापति खड्का र रमेश रिजालमध्ये एक जनाले परराष्ट्र र एक जनाले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।

यस्तै अर्का उपसभापति धनराज गुरुङ् सामान्य प्रशासन, एनपी साउँद शहरी विकास, सिता गुरुङ् भूमि ब्यवस्था, डिग बहादुर लिम्बू कानून, प्रकाश शरण महत अर्थ र मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन्।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेसबाट मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१