घुस लिएको आरोपमा प्रमुख प्रशासकिय अधिकृत मरासिनी र वडाध्यक्ष पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ चैत्र २०७९, शुक्रबार ०४:४७

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घुस रकमसहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता भोला दहालका अनुसार प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी, सोही गाउँपालिका–७ का वडाध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरलाई रु ५० हजार घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।

नदीजन्य पदार्थ उत्खनन सम्बन्धमा घुस माग गरेको उजुरीका आधारमा उनीहरूलाई गाउँपालिकाको चमेना गृहबाट घुस रकमसहित आज बिहान साढे ११ बजे पक्राउ गरिएको दहालले बताउनुभयो । यस विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१