गोकर्णेश्वर नगरपालिकामा प्रथम अन्तर्राष्ट्रिय शून्य फोहोर दिवस सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ चैत्र २०७९, शुक्रबार ०४:४२

काठमाण्डौ। प्रथम अन्तर्राष्ट्रिय शून्य फोहोर दिवस गोकर्णेश्वर नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको  छ।

गोकर्णेश्वर नगरपलिकाको आयोजना तथा हेल्थ इन्भाइरन्मेन्ट एन्ड क्लाईमेट एक्सन फाउन्डेसनको सह आयोजनामा भएको कार्यक्रम गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक कुमार रिसालको अध्यक्षतामा भएको हो।  बिशेष अतिथिहरु प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा,नगर प्रबक्ता नारायण बहादुर सुवेदी, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख,लेखा प्रमुख ,नगरपालिका अन्तर्गत रहेका वडा अध्यक्षहरु, वडा सदस्यहरु र  पत्रकारहरुको उल्लेखनीय उपस्थित रहेको थियो।
भुपेन्द्र बोहोराले  संचालन गरिएको कार्यक्रममा नगरपालिका बाताबरण शाखा अधिकृत तुलसी आचार्यले स्वागत मन्तब्यद्वारा स्वागत गरेका थिए।

हेल्थ इनभाईरन्मेन्ट एन्ड क्लाईमेट एक्सन फाउन्डेसनका अध्यक्ष महेश नकर्मीले बिगत लामो समयदेखी मानव समुदायको प्रकृति प्रतिकुल गतिविधि तथा कृतिम बस्तुहरुको अत्यधिक उत्पादन र प्रयोगले पृथ्वीको वातावरण अत्यन्तै प्रदुषित हुँदै गैइरहेको कुरालाई अबगत गराउदै यस्ता गतिविधि नरोकिए आगामी पुस्ता जोखिममा पर्ने निश्चित भएको बताएका थिए। उनले एक अनुसन्धानबाट अलबर्ट नामक चराहरु को मृत्यु भएको उदाहरण दिदै पृथ्वीको वातावरणलाई स्थायी रुपमा स्वच्छ राख्न सबैभन्दा पहिले फोहोरलाई दिगो रुपमा नियन्त्रण गर्नु पर्नेमा जोड दिएका थिए।संसारमा भएका कुनै चिज सदुपयोग गर्न नजानेर फोहोर भएको बताउदै बस्तुको प्रकृति उत्पादन प्रक्रिया प्रयोजन बिसर्जन पद्धतिलाई बैज्ञानिक तरिकाले संचालन गर्ने र फोहोर सम्बन्धी सचेत हुने हो भने फोहोर खेर नजाने जसलाई विभिन्न प्रयोजनका रुपमा प्रयोगमा ल्याउन सकिने समेत जनाएका थिए।

त्यसैगरी कार्यक्रमको अन्त्यमा सभाध्यक्ष तथा मेयर दिपक रिसालले बोल्दै विभिन्न उदाहरण सहित काठमाण्डौको शहरीकरण र बढ्दो जनसंख्याका कारण बाताबरण र सिङो मानव जिवनमा पर्दै गएको असरका बारेमा गम्भीर भएर सोच्नुपर्नेमा जोड दिएका थिए।सकेसम्म फोहोरलाई वर्गीकरण गरि जतिसक्दो रिसाईकिलिङ उत्पादन संग जोड्नुपर्ने बताए।यो ब्यबस्थापनको लागि नगरसभाबाट पारित गराएर नयाँ आधुनिक मेसिनको समेत खरिद गरि फोहोरलाई जिरो बनाउनुपर्ने बताएका थिए।
सन २०३० सम्ममा पूरा गरि सक्न संयुक्त राष्ट्र संघद्वारा आह्वान भएको दिगो बिकास लक्षले निर्धारण गरेका विभिन्न लक्ष्यहरुमा फोहोर ब्यबस्थापनको चुनौतीलाई मध्येनजर गर्दै संयुक्त राष्ट्र संघमा आबद्ध सम्पुर्ण राष्ट्रहरुलाई सक्रिय बनाउने उदेश्यले सन २०२२ डिसेम्बर १४ का दिन संयुक्त राष्ट्र संघको साधारणसभाले सनं २०२३ देखि प्रत्येक वर्षको ३० तारिखलाई बिश्वभर अन्तर्राष्ट्रिय शून्य फोहोर दिवस मनाउने प्रस्ताव पारित गरेको थियो।
जिरो फोहोर शहर संजालको सस्थापक सदस्यता मेयर दिपक रिसालले पाउनुका साथै कार्यक्रममा प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१