नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन क्षेत्रबाट डा. रामशरण थपलियाको उम्मेदवारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ चैत्र २०७९, बिहीबार ०७:३८

काठमाडौँ । देशभरिका उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५७  औँ वार्षिक साधारणसभा अन्तर्गत जारी निर्वाचनमा पर्यटन क्षेत्रबाट उम्मेदवारका प्रत्यासी डा. रामशरण थपलिया चुनावी मैदानमा हुनुहुन्छ । महासङ्घका निवर्तमान केन्द्रीय सदस्य थपलिया पुनः दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्यको उम्मेदवारका प्रतिस्पर्धामा होमिनुभएको हो ।
मुलुकको अर्थतन्त्रको प्रमुख आधारमध्येको पर्यटन क्षेत्रबाट डा. थपलियाको  केन्द्रीय सदस्यमा उम्मेद्वारी परेको छ । कोभिड–१९ महामारीका कारण थलिएको मुलुकको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन सरकार तथा निजी क्षेत्रको साझेदारिता र समन्वयलाई फराकिलो पारेर पर्यटनमार्फत देशको अर्थतन्त्रलाई माथि उकास्न आफ्नो उमेदवारी रहेको उहाँको दाबी छ ।
ठमेल पर्यटन विकास परिषद्को पूर्वअध्यक्षसमेत रहेका थपलियाले पर्यटन क्षेत्रमा समन्वयकारी भूमिका निर्वाह गर्ने सरल र चातुर्य व्यक्ति मानिनुहुन्छ । निजी क्षेत्रका पर्यटन व्यवसायीलाई समन्वय र एकताबद्ध गर्दै पर्यटनका विभिन्न गतिविधिमा सक्रिय थपलियाले पर्यटन र समग्र निजी क्षेत्रको उन्नयन र विकासमा प्रतिबद्धताका साथ लाग्ने प्रण गर्नुभएको छ ।
प्रत्यासी डा. थपलियाले भन्नुभयो, “उद्योग पर्यटन क्षेत्र भनेको आफैँमा गतिशील क्षेत्र हो, अब यति गरेपछि सकियो भन्ने हुँदैन । यस्तोमा हामी सबैको ध्येय पर्यटन क्षेत्र उद्योगको विकास र विस्तार नै हो । यद्यपि कोभिड–१९ का कारण आशातित काम हुन सकेनन् । पर्यटन बजार लामो समय ठप्प भयो । अब बिस्तारै चलायमान हुँदैछ । व्यवसायी एकताबद्ध गरेर लैजानका लागि पनि मेरो नेतृत्व अपरिहार्य छ ।” व्यावसायिक हकहित र समग्र उद्योग, पर्यटन क्षेत्रको विकासका लागि भूमिका निर्वाह गर्नसक्ने क्षमता आफूमा रहेको भन्दै उहाँले त्यसैका आधारमा धेरै व्यवसायीको मत पाउने दाबी गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७  औँ वार्षिक साधारणसभा यहि चैत्र २८ र २९ गते कमलादीस्थित सभागृहमा हुदै छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१