किवानिज क्लब अफ काठमाण्डौं सारथिले दोलखाको बालबालिकाहरुलाई गर्यो सहयोग हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ चैत्र २०७९, बिहीबार ०७:२१

काठमाडौं ।  किवानिज क्लब अफ काठमाण्डौं सारथिद्वारा दोलखाको अति विकट ठाउॅमा रहेको श्री तेत्तिसकोटी प्राइमेरी स्कुलमा अध्ययनरत ९३  जना बिपन्न थामी र मिश्रित बिध्यार्थीहरुलाइ रू.१२०००० /- बराबरको बिद्यार्थीकै नाप अनुसार ट्रयाकसुट, शैक्षिक तथा खेलकुदका सामग्रीहरू वितरण गरिएको छ  ।

किवानिज नेपालका डिष्ट्रिक्ट गभर्नर लक्ष्मण लम्साल सहित पधादिकारी र किवानिज क्लब अफ काठमाण्डौं सारथिको सहभागितामा भएको कार्यक्रममा सारथिले  एक लाख २० हजार बराबरको सहयोग हस्तान्तरण गरेको हो ।

अति नै जोखिमपुर्ण डरलाग्दा र बन्दै गरेका कच्ची सडकहरूको  लामो यात्रा तय गरि कार्यक्रम स्थलमा पुगी ट्रयाकसुट, शैक्षिक तथा खेलकुदका सामग्रीहरू वितरण गरिएको क्लबका अध्यक्ष धनु सिंजालीले बताउनुभयो । कार्यक्रममा उपस्थित सबैले आवस्यकता अनुसार यस्ता सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१