प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना कारागार चलान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०७९, सोमबार १५:३७

काठमाडाै १३ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।

सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का केन्द्रीय कारागार पठाइएका हुन् ।जिल्ला प्रहरी परिसर काठमाडौंले धरौटी नबुझाएका कारण उनीहरुलाई जेल चलान गरिएको जनाएको छ ।

गत हप्ता थापाथाउँस्थित वानेश्वर ब्याङ्क्वेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा यी युवाहरुले बैंकको ब्याजदर घटाउन माग गर्दै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । त्यस क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ गरेर गाडीमा राख्ने क्रममा प्रहरीले उनीहरुको मुख थुनेको भिडियो सार्वजनिक भएको थियो, जसको सार्वजनिक रुपमा आलोचना भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१