२२ वर्षीय अनिस ढकाल २८ दिनदेखि बेपत्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०७९, सोमबार १५:२१

काठमाडाै १३ चैत। २२ वर्षीया अनिस ढकाल २८ दिनदेखि बेपत्ता भएका छन् ।गएको फागुन १५ गतेदेखि उनी बेपत्ता भएका हुन् । मण्डनदेउपुर नगरपालिका वडा न १ रानीबन स्थायी घर भएका ढकाल हालः मध्यपुर ठिमी राधेराधे बस्दै आएका थिए ।
उनी पठाओ चालकको काम गर्दथे । ठिमी राधेराधेबाट बिहान अन्दाजी ९ बजे आफुले प्रयोग गर्ने बा ६५ प ६५९४ नम्बरको मोटरसाइकल लिएर बेपत्ता भएका अनिसको अन्तिम फोन लोकशन ललितपुर देखिएको प्रहरीले परिवारलाई जानकारी गराएको छ ।
अनिसको पत्ता नलागेपछि ढकाल परिवारले महानगरीय प्रहरी वृतमा खोजीका लागि निवेदन दिएको छ । छोरा खोजीका लागि प्रहरी कार्यलयमा जाहेरी दिए पनि अहिले सम्म् कुनै खबर नआएको अनिसको परिवारले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०