बजार अनुगमनलाइ तिब्र बनाउदै गोकर्णेश्वर नगरपालिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ चैत्र २०७९, आईतवार ०८:५६

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले बजार अनुगमन तिब्र बनाएको छ ।  गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटाको नेतृत्वमा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा संचालित बिभिन्न पसलहरुको अनुगमन गरेको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नं का वडा अध्यक्ष नन्द लाल श्रेष्ठ ,लेखा प्रमुख रामजी रायमाझी, प्रसासन प्रमुख भुपेन्द्र बोहोरा , स्वास्थ्य कर्मचारी नवराज बगाले, वडा सचिव सुदीप हमाल नगर प्रहरी लगायतको टोलीले उक्त क्षेत्रमा संचालित मासु पसल डिपार्टमेन्ट स्टोर, रेस्टुरेन्ट लगायतका पसलहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा ब्यवसाय दर्ता भए नभएको, पसलबाट बिक्री गरिएको खाद्य बस्तुको गुणस्तर कायम भए नभएको, उपभोग्य मिति भए नभएको र त्यसको खरिद देखी बिक्री मुल्य समेत हेरेर कैफियत देखिए तत्कालै कारवाही समेत गरिएको नगरपालिकाले जनाएकाे छ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१