खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने, अर्थमन्त्रीमा डा. महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ चैत्र २०७९, आईतवार ०८:४२

काठमाडौं । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको बेला कांग्रेसले आज पदाधिकारी बैठक डाकेर सरकारमा सहभागी हुनेबारे छलफल गरेको थियो ।

सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित् डेरामा बसेको पदाधिकारी बैठकले उपसभापति खड्काको नेतृत्वमा सरकारमा सहभागी हुनेगरि तयारी थालेको छ। सभापति देउवाले अर्थमन्त्रालयको नेतृत्व भने डा. प्रकाशशरण महतलाई सुम्पिन खोजेका छन् । अर्थमन्त्रालयमा खड्काको पनि दाबी थियो ।

तर, सभापति देउवाले उक्त मन्त्रालयमा महतलाई पठाउने वचन दिइसकेका छन् । खड्का भने उपप्रधान एवम् रक्षामन्त्री बन्ने सम्भावना छ । यसअघि खड्काले आफू सरकारमा सहभागी नहुने अडान लिएका थिए । तर, सभापति देउवाले धेरै नै जोड गरेपछि उनी त्यसको लागि तयार भएका हुन् ।

कांग्रेसले ८ मन्त्रालय पाउने भद्र सहमति भएको छ । कांग्रेसमा मन्त्री बन्न धेरै आकांक्षी छन् । उपसभापति धनराज गुरुङदेखि लिएर किशोरसिंह राठौरसम्मको नाम चर्चामा छ । प्रधानमन्त्री दाहालले सोमबारसम्म सरकारलाई पूर्णता दिइसक्ने तयारी गरेका छन् । माओवादी केन्द्रको पदाधिकारी बैठकमा पनि यसबारेमा छलफल भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१