प्रधानमन्त्री दाहाल गठबन्धनका शिर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफलमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० चैत्र २०७९, शुक्रबार ०७:२८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल यतिबेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गहन छलफल गरिरहेका छन्।

प्रधानमन्त्री दाहाल सत्तारुढ १० दलीय गठबन्धनका शिर्ष नेताहरुसँग मन्त्रिपरिषद्‍लाई पूर्णता दिन भागबन्डा मिलाउन एक्लाएक्लै छलफल गरिरहेका छन्।

बालुवाटारमा प्रधानमन्त्री दाहालले गठबन्धनको प्रमुख घटक रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पहिलो चरणको छलफल गरेका छन्। उनले देउवासँग मन्त्रालयको भागबन्डा र कांग्रेसले चाहेको मन्त्रालय, गठबन्धनका अन्यदलहरुलाई दिन सकिने मन्त्रालयलगायत मन्त्रिपरिषद्‍बारे छुट्टै छलफल गरेका छन्।

देउवापछि प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनको अर्को घटक एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग मन्त्रिपरिषद्‍ विस्तारबारे बेग्लै छलफल गरेका छन्।

यस्तै, अध्यक्ष नेपालपछि प्रधानमन्त्री दाहालले क्रमश: लोसपाका अध्यक्ष महन्थ ठाकुर, जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका छन्।

दाहाल अहिले गठबन्धनका अरु घटकहरुसँगपनि बेग्लाबेग्लै छलफल गरिरहेका छन्। सबै घटकहरुसँगको बेग्लै छलफलपछि संयुक्त बैठक बस्नेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०