भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७९, बिहीबार १२:५६

भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाइएको छ। सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको हाे । ‘सभी चोरों का सरनेम मोदी क्यों होता है ’ भन्ने टिप्पणीसँग सम्बन्धित छ ।

मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए ।भारतीय दण्ड संहिता ‘इन्डियन पिनल कोड’ आईपीसीमा आपराधिक मानहानीको मामिलामा अधिकतम २ वर्षको सजाय हुने प्रावधान छ। राहुललाई अदालतबाट तुरुन्तै ३० दिनका लागि जमानत समेत प्राप्त भएको छ। अदालतले राहुललाई माथिल्लो अदालतमा निवेदन दिने समय पनि दिएको छ। उनी यस दौरान पूर्ण जमानत लागि समेत आवेदन दिन सक्छन्।

४ वर्ष पुरानो यो मामिलामा  सूरत कोर्टले बिहीबार राहुललाई दोषी ठहर गरेको हो। अदालतमा मुद्दामाथि सुनुवाइ चलिरहँदा राहुल पनि उपस्थित हुने गरेका थिए। बिहीबार अन्तिम सुनुवाइ हुँदा पनि राहुल दिल्लीबाट सूरत पुगेका थिए।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०