नागरिक तर्साउनेतर्फ नलाग्न प्रधानमन्त्री प्रचण्डलाई गगनकाे आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७९, बिहीबार १२:४५

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक तर्साउनेतर्फ नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्। बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताए। उनले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताए।

प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नभएको पनि बताए। जनतामा नैराश्यता देखिएको भन्दै उनले सरकारलाई काम नगरी बस्ने छुट नहुने पनि बताए।

 

प्रतिक्रिया