गृहमन्त्रालयमा माओवादी, कांग्रेस र एकीकृत समाजवादीको दाबी, प्रधानमन्त्री दाहाल द्धिविधमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७९, बिहीबार ०६:२६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । त्यसको लागि सत्ता गठबन्धनका मुख्य दलका शीर्ष नेताहरु एक चरणमा छलफल बसिकेका छन् । तर, मन्त्रालय बाँडफाँटको विषय पेचिलो बनेको छ । गृह र अर्थ मन्त्रालयमा सत्ता गठबन्धनका प्रमुख दलहरु कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले दाबी गरेपछि मन्त्रालय बाँडफाँटको विषय टुँगोमा पुग्न समय लागेको हो ।

प्रधानमन्त्री दाहालले गठबन्धनमा आवद्ध दश दललाई नै समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । पछिल्लो समय उनले सबैलाई भाग पुर्याउने भन्दै मन्त्रालय फुटाएर २५ वटा पुर्याउनेसम्मको गृहकार्य गरेको कुरा बाहिर आएको छ। नेपाली कांग्रेसले १० मन्त्रालयमा दाबी गरेको छ । सभापति शेरबहादुर देउवाले आज÷भोलिभित्रै पार्टीबाट क–कसलाई सरकारमा पठाउने भनेर नाम टुँगो लगाउने भएका छन् ।

कांग्रेसले गृह र अर्थसहितका मन्त्रालयमा दाबी गरेको छ । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएकोले माओवादीले गृह र अर्थमध्ये एक मन्त्रालय नछाड्ने अडान लिएका छन् । उता, माधव नेपालले पनि गृह मन्त्रालयमा आफ्नो दलको दाबी पेश गरेका छन् । अहिले कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले गृहमन्त्रालयमा दाबी गरेपछि मन्त्रालय भागबण्डा चाँडै टुँगो लाग्नेमा आशंका उत्पन्न भएको छ ।

सत्ता गठबन्धनकै मुख्य घटक जनता समाजवादी पार्टी, नेपालले पनि राम्रो मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेको छ । प्रधानमन्त्री दाहाल भने मन्त्रालय भागबण्डा लगाउन आज साँझ गठबन्धनको बैठक बोलाउने तयारीमा छन् । गृह र अर्थमन्त्रालयमा एकभन्दा धेरै दलको दाबी परेपछि प्रधानमन्त्री दाहाल आँफै यतिवेला द्धिविधमा परेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१