नागरिक उन्मुक्तिद्धारा २ मन्त्रालयमा दाबी, अध्यक्ष रञ्जिता आँफै मन्त्री बन्ने तयारीमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७९, बिहीबार ०६:२४

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीपनि सरकारमा सहभागी हुने भएको छ। सो दलबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आँफै मन्त्री बन्नेगरि गृहकार्यमा लागेकी छिन्। प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा दोस्रो पटक विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिने तयारीमा छन् ।

नागरिक उन्मुक्ति पार्टीले अहिले २ मन्त्रालयमा दाबी गरेको छ । रञ्जिताको चाहना भने पर्यटन मन्त्रालय लिने रहेको छ ।

अहिले माओवादी केन्द्रबाट सुदन किराँतीले सो मन्त्रालयको नेतृत्व गरिरहेका छन् । उनले राम्रै काम गरेकोले प्रधानमन्त्री दाहालले किराँतीलाई हटाउने सम्भावना कम रहेको चर्चा छ । नागरिक उन्मुक्तिले सरकारमा सहभागिताको लागि रेशम चौधरीको रिहाईलाई मुख्य शर्त बनाएको छ।

अहिले नागरिक उन्मुक्तिका नेता तथा कार्यकर्ताहरुले रेशम चौधरी चाँडै रिहा हुने दाबी गरिरहेका छन् । प्रधानमन्त्री दाहालले पनि चौधरीको रिहाईको लागि पहल गरिरहेका छन् ।

प्रतिक्रिया