राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका राजदूतको शिष्टाचार भेट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७९, बिहीबार ०६:२०

काठमाडौं  । नेपालका लागि चीनका राजदूत चेन सङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत सङले बुधवार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०