गोकर्णेश्वर नगरपालिका वडा नं ६ को आयोजनामा निबेदन लेखन,तमसुक ,बैनाबटा लगाएत विषयमा कानुनि परामर्श सम्बन्धि तालिम सम्पन्न(फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७९, बिहीबार ०५:५२

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ६ को आयोजना तथा बोष्टर मिडियाको सहजीकरणमा आयोजित वडा जनप्रतिनिधि तथा वडा बासीहरुका लागि  निबेदन लेखन ,तमसुक ,बैनाबटा लगाएत  विषयमा कानुनि परामर्श  सम्बन्धि तालिम सम्पन्न भएको छ ।

वडा नं ६ स्थित वडा हलमा  भएको कार्यक्रममा प्रमुख अतिथि नवराज लामा,बिशेष अतिथि  वडा सदस्य बच्चु नारायण शर्मा कुइकेल , मंजु पुडासैनी र नगरकोटी सहित वडाबासीको  उपस्थितिमा कानुनि परामर्श सहितको लेखन सिप बिकासको  लागि आयोजित कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा अधिबक्ता रमेशराज पौडेलले विशेष कानुनि परामर्श प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामाले निबेदन लेखन ,तमसुक ,बैनाबटा लगाएत  विषयमा कानुनि परामर्श  सम्बन्धि तालिम सबैको लागि आबश्यक पर्ने भएकोले यो तालिमले आउने दिनहरुमा थप सहयोग पुग्ने हुदा आफ्नो निबेदन आफैले लेखना सकेमा हरेक कार्य गर्न सजिलो हुने बताए । वडाबासीको समस्या  बुझि सहजिकरण गर्न सहयोग पुर्‍याउने उदेश्यका साथ कानुनि परामर्श सम्बन्धि तालिम संचालन गरिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडा  सदस्य बच्चु नारायण शर्मा कुइकेलले वडाबासिमा निबेदन लेखन ,तमसुक ,बैनाबटा बिषयमा ढाचा पुराउन नसक्दा १ जना वडा सदस्यले निबेदन लेखेरै बस्नुपर्ने बाध्यता सुनाउनुभयो। अब चाइ यो कार्यक्रमले केहि हद सम्म भएपनि आफैले  सक्ने बातावरण बन्नेमा ढुक्क छु भन्दै यो तालिमबाट धेरै कुरा सिक्न सकिने बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिका वडा ६ को निबेदन लेखन ,तमसुक ,बैनाबटा लगाएत  विषयमा कानुनि परामर्श  सम्बन्धि तालिम सम्पन्न वडाहल मा  सम्पन्न भएको केहि झलकहरु :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१