शान्ति प्रक्रियालाई टुंग्याउने महत्वपूर्ण जिम्मेवारी कांग्रेसकै हो : महामन्त्री थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ चैत्र २०७९, बुधबार ०५:५७

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शान्ति प्रक्रियालाई टुंग्याउने सबैभन्दा महत्वपूर्ण जिम्मेवारी कांग्रेसको भएको बताएका छन्।

नेपाल प्रेस युनियनले काठमाडौंमा नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले शान्ति प्रक्रियालाई टुंग्याउने सबैभन्दा महत्वपूर्ण जिम्मेवारी कांग्रेसको भएको बताएका हुन्।

उनले भने, ‘शान्ति प्रक्रियाको संक्रमणकालिन न्यायसँग जोडिएको केही विषयहरु छन्। जुन विषयको सन्दर्भमा हामी प्रष्ट हुनुपर्छ। शान्ति प्रक्रिया हामी सबैको विषय हो। यसलाई टुंग्याउने सबैभन्दा महत्वपूर्ण जिम्मेवारी पनि कांग्रेसकै हो। माओवादी, एमालेसहित सबै दलहरुले तत्कालको नाफाघाटा नहेरी साझा विषयको रुपमा टुंग्याउनुपर्छ। तर, हामीलाई समयको छुट छैन।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१