आज घोडे जात्रा मनाइँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ चैत्र २०७९, मंगलवार ०८:१०

काठमाडौँ ६ चैत। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी काठमाडौँ उपत्यकामा परम्परागत रूपमा मनाइँदै छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले सहरका बालबालिकालाई खाने गरेको जनविश्वास छ ।त्यस्तै, ‘सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस्’ भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई एक मुरी चामलको भात र राँगाको मासु दिइन्छ । आजको दिन जंगबहादुरको घोडा किन्न जाने ठट्टा पनि गरिन्छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर जात्रा मनाउने परम्परा रही आएको छ ।यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यो पर्व काठमाडौं उपत्यकाको प्रचलित प्राचीन जात्रा मध्येको एक हो।

सरकारले काठमाडौं उपत्यकामा घोडेजात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१