स्ववियु नेतृत्वका लागि मतदान सुरु, मतदान अपराह्न ४ बजेसम्म जारी रहने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ चैत्र २०७९, आईतवार ११:४०

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको नेतृत्वका लागि मतदान सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान सुरु हुने तय भए पनि केही समय ढिला मतदान सुरु भएको हो । केही कलेजहरूमा भने अझै पनि मतदान सुरु हुन सकेको छैन । मतदान अपराह्न ४ बजेसम्म जारी हुनेछ ।

निर्वाचनलाई लक्षित गरी क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन । ६० आङ्गिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन हुन लागेको जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०