यसरी निम्तिन्छ ढाडको स’मस्या, डाक्टरका अनुसार यस्तो छ स’माधानको उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ चैत्र २०७९, शुक्रबार १५:२९

विश्व स्वास्थ्य संगठनका अनुसार ढाड तथा ग’र्धन दुख्ने र हाडजोर्नीसम्बन्धी ८० प्रतिशत स’मस्या जीवनशैलीकै कारण निम्तने गरेको छ । बिहान उठ्ने, खाना खाने, कार्यालय जाने अनि बेलुका अबेर घर फर्किएर खाना खाने र सुतिहाल्ने प्रायः मानिसको जीवनशैली यस्तै हुन्छ । यदि जीवनशैली यस्तो छ भने तपाईं नजानिँदो किसिमले ढाड, गर्धन र हाडजोर्नी दुख्ने स’मस्याको सि’कार बनिरहनुभएको छ ।बदलिँदो जीवनशैली र नमिल्दो खानपिनका कारण पछिल्लो समय अत्यधिक रुपले ढाड तथा गर्धन दुख्ने र हाडजोर्नीको स’मस्या बढ्दै गइरहेको छ । चिकित्सकहरुले रुघाखोकीजस्तै ढाडको सम’स्या पनि साझा बनिरहेको बताएका छन् ।

शरीरको हड्डी कमजोर हुने, ढाड तथा जोर्नी दुख्ने सामान्य दु’र्घटना हुँदा पनि अगंभंग हुने मोटोपन बढेर घुँडा दुख्ने स’मस्या आइपर्ने ग’लत जीवनशैलीका नतिजा हुन् । कमजोर हाडजोर्नीका कारण पलेटी कसेर बस्न नसक्ने, धेरै काम गर्न नसक्नेजस्ता सम’स्या निम्त्याइरहेका छन् । चिकित्सकका अनुसार हाड भनेको जति प्रयोग गर्‍यो उति बलियो हुने अगं हो, यसको प्रयोग हुन नसक्दा गुणस्तरीय जीवन घट्दै गइरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ढाड तथा गर्धन दुख्ने र हाडजोर्नीसम्बन्धी ८० प्रतिशत समस्या जीवनशैलीकै कारण निम्तिने गरेको छ । बाँकी २० प्रतिशत अन्य कारण हुन् जुन शल्यक्रिया नै गर्नुपर्ने अवस्थाका हुन्छन्  ।८० प्रतिशत सम’स्या जीवनशैली सुधार गरे मात्रै रोक्न सकिने मेरुदण्ड विशेषज्ञहरुको भनाई छ । शारिरीक क्रियाकलाप कम हुनु तथा मानसिक त’नाव बढी हुनु यसका मुख्य कारण हुन् ।

जकंफुड र धू’म्रपानको पनि उत्तिकै भूमिका खेलिरेहको हुन्छ । बढी समय काममा खट्ने तथा स्वास्थ्यलाई ध्यान नदिदाँ सहरी भेगका मानिसमा यस्ता स’मस्या झन् वि’कराल हुँदै गइरहेको छ । अधिकांश बिरामी धेरै बेर उभिएर काम गर्ने, मोबाइल र कम्प्युटरमा बढी समय बिताउने, अनि नियमित मोटरसाइकल चढ्ने गरेको पाइएको छ ।

विशेषगरी युवावर्ग यस्ता सम’स्याको मारमा छन् । बालबालिका पनि यस्ता सम’स्या लिएर अस्पताल पुगिरहेका पाइएको छ । पढाइको धेरै मानसिक त’नाव, गह्रुंगो झोला र धेरै बेर निहुरिएर मोबाइल चलाउने, सुतेर टीभी हेर्ने, नरम ओछ्यान र अग्लो सिरानीमा सुत्ने बालबालिका बढी प्रभावित भइरहेका पाइन्छ । तथ्याङ्क हेर्दा खेलकुद, व्यायाम र स्वास्थ्य खानपानबारे हे’लचक्रयाइँ गर्दा हरेक १० मध्ये ८ ले ढाड दुख्ने सम’स्या भोगिरहेका छन् ।

गाउँघरमा बस्ने, बिहानै उठ्ने करेसाबारीमा काम गर्ने अनि हिँडिराख्नेहरू हाडजोर्नीसम्बन्धी सम’स्या लिएर विरलै अस्पताल पुग्छन् । जीवनशैलीका कारण देखिएको सम’स्या जीवनशैली परिवर्तन गरेर मात्रै समाधान हुन्छ, औषधि र उपचार त सेकेन्डरी उपाय मात्रै हो । दिनमा एक घण्टा व्यायाम गर्ने, धेरैबेर कुर्सीमा बसेर काम गर्नेले बेलाबखत उठेर तन्किने अनि खानेकुरामा मौसमी फलफूल र तरकारी समावेश गर्दा यस्ता समस्या न्यूनीकरण हुने चिकित्सकको सुझाव छ ।

यस्ता सम’स्याबारे समयमा नसुधारेमा दु’खाइ शरीरका विभिन्न भागमा फैलिन सक्छ । हातखुट्टा झमझमाउने, लुलो हुने, वजन घटेर कम’जोरी हुने हुन सक्छ । कहिलेकाहीँ प्यारालाइसिस भएर जीवनभर ओछयान पर्ने समस्या पनि हुने गरेको छ । सहरी जीवनशैली गुणस्तरीय बनाउन सानै उमेरदेखि व्यायाम गर्न बानी बसाल्नुपर्ने चिकित्सक बताउँछन् । यसलाई प्रभावकारी बनाउन विद्यालय तहबाटै अभ्यास सुरु गर्नुपर्छ । (एजेन्सी)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१