प्रधानमन्त्रीद्वारा विजेता क्रिकेट खेलाडीलाई जनही तीन लाख पुरस्कारको घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ चैत्र २०७९, शुक्रबार ११:१०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गर्नुभएको छ । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उहाँले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालले यसअघि पनि सरकारले जनही रु दुई लाख राशिले पुरस्कृत गरिसकिएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद् राखेपलाई निर्देशन दिनुभएको छ ।
बिहीबार नेपालले संयुक्त अरब इमिरेट्सलाई नौ रनले पराजित गरेको थियो । प्रधानमन्त्री दाहालले क्रिकेट खेलाडीको मेहनतलाई सरकारको तर्फबाट सम्मान गर्ने र आगामी दिनमा थप भौतिक पूर्वाधारको विकास तथा खेलाडीका लागि थप सुविधाको प्रबन्ध गर्ने विश्वाससमेत दिलाउनुभएको छ । प्रधानमन्त्री निवासमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ र अन्य पदाधिकारीको समेत सहभागिता थियो ।
बिहीबार प्रधानमन्त्री दाहाल आफैँ कीर्तिपुर क्रिकेट मैदान पुगेर खेलाडीलाई प्रोत्साहित गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१