जनतासँग एक महिने भेटघाट अभियान चलाउँदै केपी ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ चैत्र २०७९, शुक्रबार ०५:२४

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतासँग एक महिने भेटघाट अभियान चलाउने भएका छन् । आज (बुधबार) काठमाडौंमा भएको ‘कानुनका विद्यार्थीसँग केपी ओली’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगमी वैशाखदेखि जेठसम्म एक महिने जनतासँग भेटघाट अभियान चलाउने घोषणा गरेका हुन् ।
‘अब वैशाखको मध्येबाट जेठको मध्येसम्म म मध्यपहाडी राजमार्गबाट पूर्वदेखि पश्चिमसम्म पहाडै पहाड जनतासँग भेटघाट गर्दै एउटा अभियान चलाउँदै छु,’– उनले भने ।

साथै आफू नेतृत्वको सरकारका पालामा उल्लेख्य विकास निर्माणका काम भएको उनको दाबी छ । भूईचालोका बेलाको पूननिर्माणदेखि, तुईन विस्थापन र रेल सञ्चालनसम्मका काम आफू नेतृत्वको सरकारबाट सम्भव भएको उनले बताए । ‘डेढ वर्ष अगाडिसम्म देशको आर्थिक अवस्था कस्तो थियो ? म प्रधानमन्त्री हुँदा पुनर्निर्माणको अवस्था कस्तो थियो ? भूइचालोले भत्काएको ठाउँमा कसरी पुनर्निमार्ण गरिएको थियो ? नयाँ युगमा कसरी पुर्याइएको थियो ? तुइन कसरी विस्तपित गरिएको थियो ? जनकपुरमा रेल कसरी ल्याइएको थियो ? आफ्नै समयमा लिक बनाएर, रेल किनेर, रेल चलाएर, गरेको थिएन ? पूर्वपश्चिम हुलाकी राजमार्ग बनाएको थिएन ? मदन भण्डारी राजमार्ग बनाएको छैन ?’– उनले प्रश्न गरे ।

साथै आफू नेतृत्वको सरकारकै पालामा देश सुरुङ युगमा प्रवेश गरेको उनको दाबी छ । काठमाडौंबाट नौविसे जाने सुरुङमार्गको सुरुवात गरेर देशलाई सुरुङ मार्गमा प्रवेश गराएको उनले बताए । विकास निर्माणका काममा हामीले मध्यपहाडी राजमार्ग, कोशी करिडोर हेर्नुस् । यही सुरुङ युगमा हामीले देशलाई प्रवेश गराएका छौं । काठमाडौंबाट नौविसे जाने सुरुङमार्ग हेर्नुस्,’– उनले भने ।

त्यसैगरी अहिले न्यायालयमा विचौलियाहरुको विगविगी भएको उनको दाबी छ । विचौलियाको कारण न्यायिक क्षेत्र अत्यन्त अशोभनीय र दुःखद् स्थितिमा पुगेको उनले बताए । ‘विचौलियाको व्यापक प्रचलन छ अहिले नेपालमा । यो बारहरुले भने, सर्वोच्च बारले भन्यो । नेपाल बारले भन्यो । त्यसैगरी श्रीमान न्यायाधीशजीहरुले भन्नुभयो, विचौलियाको विगविगी भयो । प्रधानन्यायाधीशलाई न्यायलय न्यायाधीशहरुले प्रवेश गर्न दिनुभएन । वरिष्ठ अधिवम्ता र बारहरुले प्रवेश गर्न दिनुभएन । न्यायीक क्षेत्रको स्थिति अत्यन्त अशोभनीय र दुःखद् स्थितिमा हामी अहिले पुगेका छौं,’– उनले भने ।

आफूले न्यायलयलाई जनताले सम्मान र आदर गर्न सकुन् भन्ने चाहेको उनले बताए । कतै अन्यायमा परेको खण्डमा नागरिकले अदालतप्रति भरोषा गर्न सक्ने वातावरण बनाउन पर्ने उनले बताए । नागरिकहरुले न्यायप्रति आशामात्रै नभएर विश्वास र भरोषा गर्न सक्ने वातावरणको सिर्जना गर्नु पर्नेमा उनले जोड दिए । ‘न्यायलायलाई जनताले सम्मान र आदर गर्न सकुन् । म अन्याय कतै परेँ भनेपनि न्याय पाउने ठाउँ छ भनेर विश्वास गरुन् । न्यायलय गएपछि म न्याय पाउँछु भनेर विश्वास र भरोषा गरुन्, आशामात्रै होइन । अपेक्षा मात्रै होइन, साच्चै न्याय पाउन् । त्यो स्थिति बनाउन हामीले कोसिश गर्नुपर्छ,’– ओलीले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१