प्रधानमन्त्री दाहालले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ चैत्र २०७९, शुक्रबार ०५:१८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्।

युएईलाई हराउँदै नेपाल विश्वकपको छनोटमा पुगेको भन्दै प्रधानमन्त्री दाहालले बधाई दिएका हुन्।

उनले फेसबुकमा ‘आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु। लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई!’ लेख्दै बधाई दिएका हुन्।

प्रधानमन्त्री दाहाल आज बिहान नेपाल र युएईको खेल हेर्न किर्तीपुरस्थित खेल मैदान पुगेका थिए।

नेपालले आज युएईलाई ९ रनले हराउँदै विश्वकप छनोटको यात्रा तय गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१