मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिँदै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०७९, बिहीबार १६:४८

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि प्रदेशसभा सचिवालयले चैत्र ८ गते दिउँसो तीन बजेका लागि बैठक बोलाएको बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईँले बताए । जम्मकट्टेलले विश्वासको मत पाउनेमा आफूहरु ढुक्क रहेकोसमेत उनले बताए ।

रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने– ‘आगामी चैत्र ८ गते विश्वासको मत लिने तयारी छ । विश्वासको मत पाइन्छ । कुनै समस्या छैन । अहिलेसम्म त एमाले पनि सरकारमै छ ।’

केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।

गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बागमती प्रदेश सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०