१० मन्त्रालयमा कांग्रेसको दाबी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०७९, बिहीबार १४:१५

नेपाली कांग्रेसका नेता एवं सांसद् विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कांग्रेसबाट कसले नेतृत्व गर्ने भन्नेबारे टुंगो लागिनसकेको बताएका छन् । यसबारे अहिले पार्टीपंतिमा कुनै छलफल नै नभएको र प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिएपछि मात्रै यसबारेमा छलफल हुने उनले बताए ।

पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रालय र नेतृत्वका बारेमा छलफल हुने बताए । ‘कांग्रेसबाट प्रचण्ड नेतृत्वको सरकारमा कसले नेतृत्व गर्ने भन्नेबारेमा टुंगो लागेकै छैन । यसबारेमा छलफल नै भएको छैन । प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि पार्टी सभापतिजीले मन्त्रालय र नेतृत्व बारेमा छलफल गर्नुहुन्छ,’– निधिले भने ।

साथै, प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले आठ देखि दश वटा मन्त्रालयको दाबी गरिरहेको उनले बताए । ‘अहिलेको सरकारमा सहभागी हुँदा एमालेले पहिले लिएको मन्त्रालय र त्यसमा एक दुई वटा थप हुन्छ । हामीले आठ देखि १० वटा मन्त्रालयको अपेक्षा गरेका छौं । नेतृत्व गरेर सरकारम सहभागी हुन सबै योग्य हनुहुन्छ । पार्टी सभापति शेरबहादुरजीले जसलाई पठाउनुहुन्छ, उसैले पार्टीको पार्टीबाट सरकारको नेतृत्व गर्छ,’– उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१