निर्माणको जिम्मा लिएर समयमा काम सम्पन्न नगर्ने १४ ठेकेदार कम्पनीलाई कारबाहीको हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०७९, बुधबार १४:५८

भरतपुर महानगरपालिकाभित्र विकास निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने १४ ठेकेदार कम्पनीलाई कारबाहीका लागि तयारी गरिएको छ । पालिकाभित्रका विभिन्न निर्माणको जिम्मा लिएर काम सुरु नगर्ने, अलपत्र छाड्ने र काममा ढिलासुस्ती गर्ने कम्पनीलाई कारबाही सुरु गरिएको हो ।

उहाँका अनुसार महानगरले यस वर्ष दुई निर्माण कम्पनीलाई कारबाही गर्न सिफारिस गर्नाका साथै थप १४ कम्पनीलाई कारबाहीका लागि कार्यपालिका बैठकले निर्णय गरिसकेको छ ।  कारबाही गरिएकामा काठमाडौँस्थित अनुष्ठा कन्स्ट्रक्सन प्रालि र भरतपुरस्थित जनकन्स्ट्रक्सन रहेका छन् ।

कालोसूचीमा परेका कम्पनीले एकदेखि तीन वर्षसम्म विकास निर्माणका लागि नयाँ ठेक्का सम्झौता गर्न नपाउने, बाँकी कामको समेत चलन चल्तीको मूल्यमा असुल उपर गराउने बताइएको छ  ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१