अस्ट्रेलियाली चिकित्सकले मृत मुटु प्रत्यारोपण गरे……!

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ कार्तिक २०७१, आईतवार ०५:५०

 अस्ट्रेलियाली शल्यचिकित्सकले शुक्रबार धडकन बन्द भएको एक मुटु प्रतिस्थापन गर्ने शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका छन् र यसबाट अङ्ग दान गर्ने विधिमा परिवर्तन हुनसक्ने अनुमान उनीहरूले शुक्रबार गरेका छन् ।

हालसम्म चिकित्सकहरू मस्तिष्क मृत भइसकेको व्यक्तिको शरीरमा रहेको तर धडकन कायम रहेको मुटुमा भर पर्ने गर्थे । कहिले काँही यस्ता मुटुलाई बरफमा राखिन्थ्यो तथा बिरामी भएको स्थानतर्फ लगिन्थ्यो ।

सिड्नीको सेन्ट भिनसेन्ट अस्पताल तथा भिक्टर चाङ कार्डिक रिसर्च इन्स्टिच्युटले २० मिनेट बन्द भएको मुटुमा पुनः धडकन सञ्चालन गर्न सकिने र त्यसलाई बिरामीमा प्रतिस्थापन गर्न सकिने विधि विकास भएको जानकारी दिएका छन् ।

यस विधिअनुसार हालसम्म तीन बिरामीमा मुटु प्रतिस्थापन भइसकेको उनीहरू अझै जिउँदो रहेको जानकारी दिइएको छ । तेस्रा बिरामी हाल सघन उपचार कक्षमा रहेका छन् ।

सिड्नीको न्यु साउथ वेल्स विश्वविद्यालयका सहप्राध्यापक कुमुद धितालले यस प्रकारको शल्यक्रिया तीन व्यक्तिमा मात्र गरिएको बताउनुभयो ।

उहाँले दाताको मुटुलाई अन्यत्र लैजान सकिने ‘हार्ट इन अ बक्स’ (एउटा बाकसमा मुटु¬) नामक मेसिनमा संरक्षणका लागि तयार गरिएको घोलमा न्यानो रूपमा राखिने र त्यसलाई अन्यत्र लैजान सकिने बताउनुभयो ।

उहाँले हालसम्म तीन भिन्न अस्पतालबाट ल्याइएको मुटु बिरामीमा प्रतिस्थापन गरिएको बताउनुभयो । यस अवधिमा यी मुटुलाई पाँचदेखि आठ घण्टासम्म धडकन सञ्चालन हुने अवस्थामा राखिएको थियो ।

सेन्ट भिनसेन्टको हार्ट ट्रान्सप्लान्ट युनिटका चिकित्सा निर्देशक पिटर म्याकडोनाल्डले सन् १९६० मा पहिलोपटक मुटुको शल्यक्रिया गर्दा पनि धडकन चल्न छोडेको मुटुको प्रतिस्थापन भएको हुनसक्ने बताउनुभयो । यसपछि तीन बालबालिकामा यस प्रकारको शल्यक्रिया गरिएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१