MBL_Ad

टोखा नगरपालिका वडा नं ५  को वडा स्तरीय बालभेला सहित बृहत अन्तर्क्रिया सम्पन्न (फोटो फिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०७९, बुधबार ०७:२२

काठमाडौं । टोखा नगरपालिका वडा नं ५  को आयोजना तथा मार्क ग्रुपको सहजीकरणमा आयोजित वडा स्तरीय बालभेला सहित बृहत अन्तर्क्रिया कार्यक्रम  सम्पन्न भएको छ ।

टोखा स्थित तिलिंगटार माध्यामिक बिध्यालयमा  भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष मदन गुरुङ  ,बिशेष अतिथि कार्यक्रम संयोजक  मुकुन्द ढुंगाना वडा सदस्य अन्जना बोहोरा,आशा परियार मनिक श्रेष्ठ,प्रेम कुमार सुनुवार , महिला बालबालिका प्रमुख सावित्रा न्यौपाने,मुख्य प्रशिक्षक राजेन्द्रप्रसाद न्यौपाने,अधिबक्ता रिता शेर्पा, सामाजिक अभियान्ता हुम कुमारी भट्ट राना,युवा समाजसेवी सुशील फुयाल ,कार्यक्रम निर्देशक प्रमिला न्यौपाने,प्राध्यापक  लगाएतको उपस्थितिमा  वडा स्तरीय बालभेला सहित बृहत अन्तर्क्रियामा ३५० बालबालिकाको  सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य अन्जना बोहोराले गर्नुभएको थियो ।

बालबालिकाहरुमा आफ्ना अधिकार सहित वडामा भएका बिकासनिर्माणका काम देखि सामाजिक,मैलिक शैक्षिक ,स्वास्थ्य क्षेत्रमामा भएका कामहरु र योजनाहरुमा बालबालिकाको पनि सहभागितामा यस्ता योजना आएमा बालबालिकाको मागहरु समेट्न समेत सजिलो होस् भन्ने उदेश्यले यो कार्यक्रम राखिएको वडा अध्यक्ष मदन गुरुङले जानकारी दिनुभयो ।

आयोजित कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा राजेन्द्रप्रसाद न्यौपानेले बालबालिकालाई मोटीभेसन सम्बन्धि विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा अधिबक्ता रिता शेर्पाले बालबालिकाको अधिकार र कानुनि बिषयमा विशेष प्रशिक्षण प्रदान गर्नुभयो भने सामाजिक अभियान्ता हुम कुमारी भट्ट रानाले समाजमा बालबालिकाको भूमिका र बालअधिकार समबन्धि बिषयममा प्रशिक्षण सहित अन्तर्क्रिया गराउनुभएको थियो।

कार्यक्रममा टोखा नगरपालिकाको महिला तथा बालबालिका शाखाको प्रमुखले बालबालिकालाई यस्ता कार्यक्रम झन् सक्रिय बनाएर लैजाने र बेला बेलामा एस्तो कार्यक्रमको आयोजना गरिरहनुपर्ने बताउनुभयो । बालबालिकाहरु आफ्नो अधिकारबाट बन्चित नहोस भन्नको लागि यस्ता कार्यक्रमले ठुलो मद्दत समेत पुग्ने जानकारी गराउनुभएको थियो।

कार्यक्रममा वडामा भएका सम्पूर्ण स्कुलका भाइबहिनीहरुलाई समेटिएको थियो भने वडा अध्यक्षको प्रमुख संरक्षकमा १/१ जना प्रतिनिधि समेटेर १ संयोजक र बाकि सदस्य हुने गरि बालभेलाबाट बालक्लब समेत गठन गरिएको थियो ।

कार्यक्रम संयोजक मुकुन्द ढुंगानाले यस्ता कार्यक्रमले बालबालिकालाई बौद्धिक स्तर बढ्नुको साथै समाजमा हुने हरेक गतिबिधिबारे प्रतक्ष्य बालबालिकाहरुलाई थाहा हुने हुदा यस्तो कार्यक्रम हरेको स्थानीय स्तरमा संचालन भैरहेको जानकारी गराउनुभयो । उहाले भन्नुभयो वडा वडामा बालभेला गरि बालबालिकालाइ यसरि जानकारी गराउन सके भोलिका दिनमा बालबालिका आफै जानकार हुने बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १८, २०८०