बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा जनप्रतिनिधि तथा कर्मचारी क्षमता अभिबृद्धि सम्वन्धी तालिम सम्पन्न(फोटो फिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०७९, सोमबार ०५:३६

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं १ को आयोजना तथा बिश्व दर्शन मिडिया ग्रुपको समन्वयमा आयोजित एक दिने जनप्रतिनिधि तथा कर्मचारी क्षमता अभिबृद्धि सम्वन्धी तालिम सम्पन्न भएको छ ।

वडा नं १ का जनप्रतिनिधि तथा कर्मचारीहरुलाई कार्य सम्पादन क्षमतामा विकास गराउन तथा आत्मविश्वास सहितको जागरण पैदा गर्नको लागि आयोजित कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा राजेन्द्र प्रसाद न्यौपानेले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

वडा अध्यक्ष सुरेन्द्र लामा  सहित वडा सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो । तालिमको पहिलो सत्रमा राजेन्द्र प्रसाद न्यौपानेले नेतृत्व विकास र यसका आयामहरुको बारेमा चर्चा गर्नुभएको थियो । नेतृत्व सीप, नेता तथा ब्यवस्थापक, नेतृत्वको भूमिका सम्वन्धी कानुनी प्रावधानहरु,  वडाध्यक्षको काम कर्तब्य र अधिकार, नेतृत्व शैली, नेतृत्व सम्वन्धी केही प्रमुख सिद्धान्त, नेतृत्वको ब्यवहार सम्वन्धी सिद्धान्त, नेतृत्वको सहभागितामूलक सिद्धान्त, नेतृत्वको नवीन अवधारणा, नेपालको नेतृत्वको अवस्था, राजनैतिक तथा प्रशाशनिक अवस्था, नेपालमा नेतृत्वको अवस्था, बर्तमान समयमा हुनुपर्ने नेतृत्व लयायतका बिषयबस्तुहरु साथै ब्यक्तित्व विकासहरुका आयामहरुको बारेमा चर्चा गर्नुभएको थियो ।

त्यस्तै बरिष्ठ पत्रकार  मुकुन्द कुमार ढुंगानाले निरन्तर सिकाई तथा अभ्यासले मानिसलाई पूर्णता तिर लैजाने हुनाले सिकाइमा जोड दिन अनुरोध गर्नु भयो भने वडा अध्यक्ष सुरेन्द्र लामाले दृढ इच्छाशक्ति र संकल्पलेनै मानिसलाई सफल र शिखरमा पुर्याउने हुनाले निरन्तर योजना सहित संघर्ष गरी अगाडि बढ्नुपर्ने कुरामा जोड दिदै यस्ता कार्यक्रमले सबैको मनोबल बलियो भएर दृढता पुर्बक आत्मबल बढ्ने हुदा यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । तालिममा सहभागीहरुले यस्ता कार्यक्रमले कार्यसम्पादनमा थप बल पुग्ने हुदा आगामी दिनमा पनि राख्नुपर्नेमा जोड दिनुभयो । तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१