हिसान बागमती प्रदेशको एकदिने “स्कुल अफ फ्युचर’’ अन्तरक्रिया सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ फाल्गुन २०७९, आईतवार ०६:४२

काठमाडौं। उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ हिसान बागमती प्रदेश समिति र इन्टरनेसनल डेभलपमेन्ट इन्सिच्युटको संयुक्त आयोजनामा एकदिने “स्कुल अफ फ्युचर’’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार काठमाडौंको ज्ञानेश्वरस्थित मिड भ्याली इन्टरनेसनल कलेजको सभाहलमा भएको उक्त कार्यक्रमको अध्यक्षता उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ हिसान बागमती प्रदेश समितिका अध्यक्ष भवानी पौडेलले गरेका थिए ।

कार्यक्रममा हिसान उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ हिसान बागमती प्रदेशकी कोषाध्यक्ष रितल राणाले स्वागत मन्तब्य राखेकी थिइन् । कार्यक्रमको अध्यक्षता समेत गरेक हिसान बागमती प्रदेश समितिका अध्यक्ष भवानी पौडेलले कार्यक्रमको उदेश्यवारे प्रकाश पार्दै शैक्षिक विकासका लागि हिसानले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए । उनले नेपालमा शिक्षाको सवलीकरणका लागि यस्ता कार्यक्रम फलदायी हुने विश्वास ब्यक्त गरेका थिए ।

कार्यक्रममा बंगलादेशका प्रशिक्षक सकिल मालिकले नेपालमा शैक्षिक सुधारका लागि रचनात्मक काम के गर्न सकिन्छ भन्ने विषयमा आफ्नो प्रस्तुति दिएका थिए । उनले शैक्षिक अनुभव समेत साटेका थिए । शैक्षिक क्षेत्रमा कार्यरत शिक्षकहरुको कार्यकाल जीवनपर्यन्त भएकाले शिक्षामा आफ्नो योगदान पुर्ण रुपमा दिनुपर्ने र शिक्षकहरु उत्तिकै जिम्मेवार हुनुपर्ने प्रशिक्षक सकिल मालिकले बताए ।

शिक्षा क्षेत्र बहुआयामिक र बहुपक्ष समेट्ने क्षेत्र भएकाले विद्यार्थीहरु कस्तो हुने,अभिभावकले कुन भूमिका निर्वाह गर्ने र विद्यालय कस्तो प्रकारको हुने भन्ने विषयमा समेत प्रशिक्षणमा छलफल भएको थियो । दक्षिण एसियामा शिक्षा क्षेत्रलाई कसरी परिवर्तन गर्न सकिन्छ र शिक्षा क्षेत्रमा देखिएका चुनौतीहरुलाई समाधान गर्ने उपाएहरु के के हुन सक्छन भन्ने उदेश्यले उक्क कार्यक्रम राखेको हिसान बागमती प्रदेश समितिका अध्यक्ष भवानी पौडेलले बताए । उक्त कार्यक्रममा विद्यार्थीहरुको सकारात्मक परिवर्तन के हो ? भन्ने विषयमा समेत छलफल भएको थियो ।

शिक्षाले मानिसको चेतना देखि बानी व्यवहारसम्ममा प्रभाव पार्ने भएकाले यसलाई निरन्तर प्रक्रियाको रुपमा हेर्ने र शैक्षिक क्षेत्रको सुधार प्रक्रियामा योजना बनाएर निरन्तर कार्यान्वयन गर्नुपर्ने एवम् भिजनयुक्त र नैतिकताले भरिपूर्ण शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिदै हिसान बागमती प्रदेश समितिले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । प्रशिक्षण कार्यक्रममा चेक रिपब्लीकका विभिन्न विश्व विद्यालयका प्रोफेसरहरुले समेत प्रशिक्षण दिएका थिए ।

आगामी दिनमा शिक्षा कार्ययोजनालाई मूर्तरुप दिन तथा विद्यालय क्षेत्र तत्काल सुधार कार्ययोजना निर्माण तथा कार्यान्वयन गर्न र सबै समस्याहरुको समाधान गर्न विभिन्न कार्यक्रम गर्ने योजनाका साथ प्रशिक्षण कार्यक्रम राखिएको हिसान नेपाल बागमती प्रदेश समितिका उपाध्यक्ष राजकुमार आचार्यले बताए ।

कार्यक्रममा हिसान बागमती प्रदेश समितिका पदाधिकारी सहित विभिन्न कलेजका संचालक तथा शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१