MBL_Ad

शहीदस्मारक ए डिभिजन लिग फुटबल : थ्रिस्टार विजयी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०७९, शनिबार १९:००

काठमाडौं । शहीदस्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रि स्टार क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै विजयी भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा थ्रि स्टार एफसी खुमलटारलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। थ्रि स्टारको जितमा विदेशी खेलाडी अजयी मार्टिन्स नायक बने। खेलको ५४औँ मिनेटमा मार्टिन्सले गोल गर्दै थ्रि स्टारलाई सुरुआती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ८३औँ मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै थ्रि स्टारलाई २–० को जित दिलाए। जितसँगै थ्री स्टारले ३ खेलमा ४ अङ्क जोडेको छ। यता खुमलटारले ३ खेलमा ३ अङ्क जोडेको छ।

प्रतिक्रिया