विदेश जाने नेपालीको खर्च २६ अर्ब, नेपालको पर्यटन आय ११ अर्ब

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०७९, शनिबार १८:५२

विदेशका शैक्षिक संस्थानमा अध्ययन शुल्क तिर्न नेपाली विद्यार्थीले यो रकम विदेशी पुर्‍याएका हुन्। गत आर्थिक वर्षको यही अवधिका तुलनामा यो रकम शतप्रतिशत धेरै हो। गत वर्षको पहिलो तीन महीनामा वैदेशिक अध्ययनका लागि आठ अर्ब ९२ करोड मात्रै विदेशिएको थियो।

यो रकमसँगै वैदेशिक भ्रमणका लागि नेपालीले खर्च गरेको रकम २६ अर्ब चार करोड पुगेको छ। गत वर्षको तुलनामा यो ६२ प्रतिशत धेरै हो।

नेपालीले वैदेशिक अध्ययन बाहेक विदेश घुमघाम, हवाई यातायात, स्वास्थ्य उपचार आदिमा गरेको खर्च वैदेशिक भ्रमण शीर्षकमा देखिन्छ। धनी नेपालीले विदेशमा घुमघाम तथा छुट्टी मनाउने प्रयोजनमा पनि खर्च गर्दै आएका छन्।

विरोधाभासपूर्ण कुरा के छ भने, नेपाल भ्रमणमा आउने विदेशीले नेपालमा गर्ने कुल खर्चभन्दा नेपालीले वैदेशिक भ्रमण (विद्यार्थी सहित)मा गर्ने खर्च रकम धेरै हुन्छ। चालू आर्थिक वर्षको पहिलो तीन महीनामा नेपाल घुम्न आएका विदेशीले ११ अर्ब ४१ करोड मात्रै भित्र्याएका छन्। यद्यपि, यो गत वर्षको यही अवधिको तुलनामा ११० प्रतिशत धेरै हो।

कोभिड-१९ महामारी शुरू भएपछि पर्यटक आम्दानी खस्किएको थियो। पछिल्ला महीनामा भने पर्यटक आगमन बढेसँगै पर्यटन आय पनि बढेको छ।

चालू आर्थिक वर्षको पहिलो तीन महीनामा नेपालले खुद प्रत्यक्ष वैदेशिक लगानी बापत सात करोड ९६ लाख मात्रै भित्र्याएको छ। यो अवधिमा एक अर्ब ८९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिए पनि एक अर्ब ८० करोड वैदेशिक लगानी फिर्ता गएको थियो। नेपालमा भएको विदेशी लगानी गर्ने कम्पनीले लाभांश वा लगानी फिर्ता लैजाँदा त्यो रकम फिर्ता गएको देखिन्छ।

यो अवधिमा नेपालमा १४ अर्ब ६९ करोड विदेशी अनुदान सहयोग पनि भित्रिएको छ। यो गत वर्षको यही अवधिको तुलनामा करीब एक चौथाइ धेरै हो।

नेपालको वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोतमा रेमिटेन्स रहँदै आएको छ। चालू आर्थिक वर्षको पहिलो तीन महीनामा नेपालमा दुई खर्ब ८१ अर्ब रेमिटेन्स भित्रिएको छ। त्यसै गरी, १६ अर्ब २७ करोड पेन्सन रकम भित्रिएको छ। विदेशका सेना, प्रहरी तथा अन्य क्षेत्रमा काम गरेर अवकाशप्राप्त नेपालीले ती देशबाट पेन्सन रकम बुझ्ने गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०