मस्कको कम्पनी नेपालमा स्याटलाइट इन्टरनेट सेवा दिन इच्छुक, यसै वर्ष सेवा आरम्भ सम्भव छ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०७९, शनिबार १८:४८

संसारकै धनी व्यक्तिको सूचिको शीर्ष स्थानमा पुग्न सफल व्यवसायी इलोन मस्कको कम्पनीले सन् २०२३मा नेपालमा स्याटलाइट (भूउपग्रहहरूको व्यापक सञ्जालबाट) इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धमा आफ्ना जिज्ञासा राखेको अधिकारीहरूले बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरको समेत लगानीकर्ता रहेका मस्कको कम्पनी स्पेस एक्सको वेबसाइटमा स्टारलिङ्कले इन्टरनेट सेवा आरम्भ गर्न चाहेको मुलुकहरूलाई सूचीकृत गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार स्पेस एक्सका अधिकारीहरूले अनलाइनमार्फत् अनौपचारिक रूपमा नेपालमा कसरी आउन सकिन्छ भन्ने विषयमा छलफल गरेका छन्।

‘‘मसँग रिमोटली (अनलाइन) कुराकानी भएको थियो। नेपालको लाइसेन्सिङ्ग प्रोसिड्योर (इजाजत पत्र दिने प्रक्रिया) के हो? कसरी आउन सकिन्छ भन्ने कुराहरू (उनीहरूको) थियो,’’ प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने।

अर्बपति इलोन मस्कको इन्टरनेट युक्रेनका लागि किन अति महत्त्वपूर्ण छ?
इलोन मस्कको स्पेसएक्स किन हजारौँ स्याटलाइट प्रक्षेपण गरिरहेको छ
स्पेस एक्सको वेबसाइटमा दक्षिण एशियाली मुलुकहरूमा नेपाल, भुटान, श्रीलङ्का अनि मालदिभ्समा यो वर्ष इन्टरनेट सेवा सुरु गरिने उल्लेख गरिएको छ।

त्यस्तै भारत अनि पाकिस्तानमा नियामक निकायबाट स्वीकृति प्राप्त गर्न बाँकी रहेको अनि बाङ्ग्लादेशमा भने सन् २०२४मा उक्त सेवा सुरु गर्ने योजना रहेको कम्पनीले सार्वजनिक गरेको नक्सामा उल्लेख छ।

यो सेवा अमेरिका, क्यानडा, ब्रिटेन, फ्रान्स, स्पेन, जर्मनी र इटलीसहित कैयौँ युरोपेली देशमा उपलब्ध छ।

अस्ट्रेलियामा पनि यो सेवा उपलब्ध छ भने अफ्रिकाका केही देशमा स्टारलिङ्क इन्टरनेट उपलब्ध रहेको र बाँकी केहीमा सेवा सुरु हुने सम्भावित वर्षबारे जानकारी गराइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१