MBL_Ad

भारतले नयाँ रकेट प्रक्षेपण गर्‍यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०७९, शनिबार १८:३४

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले आफ्नो नयाँ रकेटस्मॉल स्याटेलाइट लन्च भेहिकललाई सफलतापूर्वक प्रक्षेपण गरेको छ। योसँगै शुक्रबार तीनवटा उपग्रहहरूलाई कक्षमा राखेको छ।

एक सय २० टन तौल भएको ३४ मिटर अग्लो नयाँ रकेटले स्थानीय समय अनुसार बिहान ९:१८ मा दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशस्थित बङ्गालको खाडीको किनारमा रहेको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट उडान भरेको थियो।

गत वर्ष अगस्ट ७ मा गरिएको रकेटको पहिलो परीक्षण उडान आंशिक मात्रामा मात्र सफल भएको थियो।

प्रतिक्रिया