काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ ।
उक्त रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकज इजलासमा परेको छ ।
अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज (बिहीबार) प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।
अदालतले प्रचण्डलाई आज हाजिर हुन भनेको तारेख पर्चामा उल्लेख गरेको छ ।
प्रतिक्रिया