टोखा नगरपालिका वडा नं ६ मा नारी दिवसको अवसरमा महिलाहरुको लागि  क्षमता अभिबृदि सम्बन्धि तालिम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ फाल्गुन २०७९, बुधबार ०६:२०

काठमाडौं । टोखा  नगरपालिका वडा नं ६ को आयोजना तथा बोष्टर मिडियाको सहजीकरणमा आयोजित ११३ औ नारी दिवसको अवसरमा महिलाहरुको लागि  क्षमता अभिबृदि सम्बन्धि तालिम सम्पन्न भएको छ ।

टोखा  स्थित सामुदायिक अध्ययन केन्द्रमा  भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष शान्ता पौडेल ,बिशेष अतिथि बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगाना वडा सदस्य तन्जु लुइँटेल लगाएत सामुदायिक अध्ययन केन्द्रका पधादिकारी सहित ९० जना महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो ।

महिलाहरुमा क्षमता अभिबृदि र  आत्मविश्वास सहितको जागरण पैदा गर्नको लागि आयोजित कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा राजेन्द्रप्रसाद न्यौपानेले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो । सो कार्यक्रमको संचालन प्रमिला न्यौपानेले गर्नुभएको थियो भने स्वागत मन्तब्य बसुन्धा भण्डारीले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष शान्ता पौडेलले  महिलाहरु आत्मनिर्भर बन्न सके हिंसाको सामना गर्नु नपर्ने बताइन् । उनले धेरै हदसम्म महिला हिंसा महिलाबाटै हुने गरेकोले सबैको सोचमा परिवर्तन गर्नुपर्ने बताइन् । टोखा नगर्पालिकाको एक मात्र वडा अध्यक्ष समेत रहेकी पौडेल महिलाको बिषयमा आवाज उठाउदै आइरहेको  बताइन । ११३ औ नारी दिवसको अवसरमा महिलाहरुको लागि  क्षमता अभिबृदि सम्बन्धि तालिम राखेर आफुले केहि सिक्ने र सिकाउने मौका पाएकोमा सहजीकरण गरिदिने बोष्टर मिडियालाइ धन्यवाद दिनुभयो ।

टोखा  नगरपालिका वडा ६ को  ११३ औ नारी दिवसको अवसरमा महिलाहरुको लागि  क्षमता अभिबृदि सम्बन्धि तालिम सम्पन्न भएको केहि झलकहरु :

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१