देउवासँग सम्पर्क बढाउँदै ओली, होला त कांग्रेस-एमाले सहकार्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ फाल्गुन २०७९, मंगलवार ०५:३९

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वसँग भेटवार्ताको लागि प्रयास गरेका छन् । एमाले नेतृत्वको गठबन्धनको टुटेर कांग्रेसको नेतृत्वमा आठ दलीय गठबन्धन बनेपछि एमाले सशंकित बनेको छ । यो बीचमा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ताको लागि प्रयत्न गरेका छन् ।

कांग्रेस सभापति देउवासँग ओलीले भेटवार्ताको लागि प्रयास गरेपनि अहिले राष्टपतिको निर्वाचनअघि भेटवार्ता सम्भव नभएको कांग्रेस नेताहरुको दाबी छ । राष्टपतिको निर्वाचनलाई लिएर प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग ओलीको सम्बन्ध चिसिएको छ । सार्वजनिक कार्यक्रममै उनले माओवादी जनयुद्ध र यसको नेतृत्वकर्ता प्रचण्डमाथि कडा टिप्पणी गर्न थालेका छन् ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । यो बीचमा कांग्रेससँग सहकार्य गर्न ओली तयार हुनुले राष्ट्रपतिको निर्वाचनमा कतै एमालेले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई वाकओभर त गर्न लागेको होईन ? भनेर प्रश्नपनि उठेको छ । माओवादी केन्द्रले संसदमा सानो संख्या हुँदापनि स्वार्थको राजनीति गरेको र सरकारको नेतृत्व गरेको भन्दै ओली रुष्ट छन् ।

पछिल्लो समय ओलीले देउवासँग भेटवार्ता गरेर राष्ट्रपतिको निर्वाचनमार्फत नै दुई दलबीच सहकार्यको प्रस्ताव राख्न खोजेका छन् । तर, सभापति देउवा भने कुनैपनि हालतमा एमालेसँग सहकार्य गर्ने पक्षमा नपुगेको कांग्रेस नेताहरुको दाबी छ ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले पनि तत्काल कांग्रेसले कोर्स करेक्शन नगर्ने दाबी गर्छन् । उनले प्रधानमन्त्री प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको प्रशंसा गर्ने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१