काठमाडौं । नेकपा (एमाले) ले नजिकिँदै गरेको राष्ट्रपति निर्वाचनलाई लक्षित गरी सांसदहरुलाई प्रशिक्षण दिन सुरु गरेको छ । एमालेले तीन दिनपछि हुने राष्ट्रपति निर्वाचनको तयारी अन्तर्गत आफ्ना प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरुलाई बोलाएर काठमाडौंमा प्रशिक्षण सुरु गरेको हो ।
एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवासचन्द्र नेम्वाङ रहेका छन् ।
प्रतिक्रिया