९ दलले जारी गरे संयुक्त विज्ञप्ती, संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०७९, सोमबार ०६:३५

काठमाडौं । सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) सहित विभिन्न ९ दलले संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) साँझ बसेको ९ दलको बैठकले यस्तो प्रतिबद्धता जनाएको हो । शान्ति सम्झौता र संविधानको भावना अनुसार नै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नु पर्नेमा ९ दलको जोड छ ।

विज्ञप्तीमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका उपाध्यक्ष अब्दुल खांनले हस्ताक्षर गरेका छन् ।

यस्तो छ विज्ञप्ती

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१