बिपिडब्लु लघुवित्तको आइपिओ निष्कासन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ फाल्गुन २०७९, शुक्रबार १२:०३

काठमाडौँ । बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण शेयरको बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा ८० हजार नौ सय ५० कित्ता साधारण शेयरको सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन
(आइपीओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । निष्कासित शेयरमा सर्वसाधारण लगानिकर्तले यही फागुन २३ गतेसम्म अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट सि आस्वा’ प्रणाली अनुसार तथा अनलाईनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खदिरको आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवद्र्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बिबी माइनस्’ प्रमाणपत्र प्रदान गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१