सुवास नेम्वाङलाई रास्वपाको शुभकामना,मतबारे पार्टीले निर्णय गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ फाल्गुन २०७९, बिहीबार १५:१४

काठमाडौँ । नेकपा एमालेका नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग राष्ट्रपतिमा पूर्वसभामुख सुवास नेम्वाङलाई मत दिन आग्रह गरेका छन् ।

रास्वपाको कार्यालय बसुन्धारा पुगेका नेताहरुले नेम्वाङको पक्षमा भोट मागेका हुन् । राष्ट्रपतिका उमेदवार नेम्वाङसहित नेताहरु पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत रास्वपा कार्यालय पुगेका थिए ।

रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले नेम्वाङलाई शुभकामना दिँदै मतबारे पार्टीको बैठक बसेर निर्णय दिने जवाफ दिइएको बताए ।

“उहाँहरुले भोट माग्नुभयो । हामीले शुभकामना दियौँ । मतबारे पार्टीले निर्णय गर्ने हो निर्णय गर्न बाँकी छ । निर्णय गर्छौंं भन्यौं,” उनले बाह्रखरीसँग भने । एमाले नेताहरु आजै नेकपा एकीकृत समाजवादीको कार्यालय पनि पुगेका थिए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१