प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछिमात्रै कांग्रेस सरकारमा जाने, चैत्र ३ गतेसम्म प्रधानमन्त्रीमाथि १६ मन्त्रालयको भार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ फाल्गुन २०७९, बिहीबार ०५:३०

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र ३ गतेपछि मात्रै विश्वासको मत लिने भएका छन्। राष्ट्रपतिको निर्वाचनलाई लिएर एमालेसहितको गठबन्धन टुटेर कांग्रेसहितको नयाँ गठबन्धन बनेको अवस्थामा एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएका छन् ।

तीन दल एकैपटक सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालमाथि यतिवेला मन्त्रालयको बोझ छ । प्रधानमन्त्री दाहालले आज/भोलिभित्रै कांग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर, कांग्रेस नेताहरुले भने पहिला विश्वासको मत लिन प्रधानमन्त्री दाहाललाई सुझाएका छन्।

एमालेले त सरकारबाट बाहिरिनेमात्रै नभएर सरकारलाई दिएको विश्वासको मत नै फिर्ता लिने निर्णय गरेको छ । यसले पनि प्रधानमन्त्री दाहालले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । अहिले प्रधानमन्त्री दाहालसँग १६ मन्त्रालयको भार छ ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने खुलाएका छन् । उनले सुर्खेतमा आज भनेका थिए,‘सरकार निर्माणको चरण प्रारम्भ भएको छैन,’ खड्काले भने, ‘राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिन्छ र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकार निर्माण चरण प्रारम्भ हुन्छ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१