गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा जनप्रतिनिधि तथा कर्मचारी क्षमता अभिबृद्धि सम्वन्धी तालिम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०७९, बुधबार ०५:५२

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ३ को आयोजना र बिश्व दर्शन मिडिया ग्रूपको  सहजीकरणमा  आयोजित एक दिने जनप्रतिनिधि तथा कर्मचारी क्षमता अभिबृद्धि सम्वन्धी तालिम सम्पन्न भएको छ ।

वडा नं ३   का जनप्रतिनिधि तथा कर्मचारीहरुलाई कार्य सम्पादन क्षमतामा विकास गराउन तथा आत्मविश्वास सहितको जागरण पैदा गर्नको लागि आयोजित कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा राजेन्द्रप्रसाद न्यौपानेले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

वडा अध्यक्ष सहित जनप्रतिनिधि , कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१