प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा प्रा.डा. शर्मा नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०७९, बुधबार ०५:१५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । हालै बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दाहालको निजी चिकित्सकको रुपमा उनलाई नियुक्त गरेको हो । शर्मा नेपालकै प्रसिद्ध डाक्टर हुन् ।

हाल उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत छन् । यसको अलावा उनी सुमेरु अस्पतालमा पनि कार्यरत रहेको बुझिएको छ ।

डा. शर्माले भने हिजो (सोमबार) मात्रै नियुक्तीपत्र बुझेका हुन् । शर्माले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको पनि उपचार गरेका थिए । उनकै सल्लाहमा पुन चीन पुगेको बताईन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१