‘प्रधानमन्त्रीको विश्वासको मत र मन्त्रिपरिषद् विस्तार राष्ट्रपति निर्वाचनपछि’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०७९, बुधबार ०५:१३

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको विश्वासको मत र मन्त्रिपरिषद् विस्तार राष्ट्रपति निर्वाचनपछि मात्रै हुने बताएकी छिन्।

मन्त्रिपरिषद्‍को बैठकका निर्णय सार्वजनिक गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले प्रधानमन्त्रीको विश्वासको मत र मन्त्रिपरिषद् विस्तार राष्ट्रपति निर्वाचनपछि मात्रै हुने बताएकी छिन्।

उनले राष्ट्रपतिको निर्वाचन नजिकिएपछि ध्यान त्यता केन्द्रित गर्नुपर्ने र नयाँ गठबन्धन हुँदा मन्त्रीहरुको पनि टुगों नलागिसकेको हुनाले राष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारका अन्य कामकारवाही अगाडि बढ्ने बताइन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१